कुमाल र थारू जातिबारे भरतपुरमा सांस्कृतिक संवाद सम्पन्न
काठमाडौँ, ९ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रवार र शनिवार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन् । कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित ‘कुमाल जातिको सांस्कृतिक संवाद’ तथा थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनको स्थानीय संयोजनमा आयोजित…
प्रज्ञा पुस्तक प्रदर्शनी प्रारम्भ
काठमाडौँ,कमलादी । २०८१वैशाख ४,बुधवार । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।नव वर्ष २०८१ सालकाे उपलक्ष्यमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शन, समाजशास्त्र लगायतका पुस्तक राखिएका छन् । प्रदर्शनीको मूल उद्देश्य पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ । “सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने मूल…
बालवार्ताको सापेक्षतामा बालकविता” विषयक विचारगोष्ठी तथा पुस्तक लोकार्पण
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा २०८० चैत २५ गते “बालवार्ताको सापेक्षतामा बालकविता” विषयक विचारगोष्ठीको आयोजना सम्पन्न भएको थियोे ।साथै,बाल साहित्य समाजद्वारा प्रकाशित विजयराज न्यौपाने प्रधान सम्पादक रहेको नेबासास ‘प्रेरणापुन्ज ‘बालसाहित्यकार जीवनीसङ्ग्रह , प्रा.डा. कपिल लामिछाने प्रधान सम्पादक रहेको नेबासास प्रतिनिधि बालकथासङ्ग्रह र डा. विष्णु केसी प्रधान सम्पादक रहेको नेबासास प्रतिनिधि…
इलामको पर्यटनका लागि साहित्यिक महोत्सव सम्पन्न
इलाम । नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजले संयुक्त रूपमा २०८० चैत १६ र १७ गते ‘पर्यटनका लागि साहित्य’ भन्ने उद्घोषका साथ तेस्रो इलाम साहित्य महोत्सवको आयोजना गरेको थियोे । प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभएको थियोे । यस…