राष्ट्रिय कविता महोत्सव-२०८१ मा १० जना कवि सर्वोत्कृष्ट घोषित
काठमाडौँ ।२०८१ असार ९ ,आइतवार । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव – २०८१ को समुद्घाटन प्रमुख अतिथि माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गर्नुभएको थियोे।उहाँले नेपालका भाषा ,साहित्य ,संस्कृति ,दर्शन र सामाजिक शास्त्रका क्षेत्रलाई समेटेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधि सञ्चालन गर्दै आएको प्रज्ञा-प्रतिष्ठान सबैको साझा थलो…
प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियनद्वारा हाजिरी जवाफ प्रतियोगिता आयोजना
काठमाडौँ ।२०८१ असार ५ गते बुधवार । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ओैँ वार्षिकोत्सवका अवसरमा आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले अन्तरकर्मचारी हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियोे । प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कर्मचारीहरूले बहस र विमर्शमा भाग लिएर सिर्जनशील बन्नुपर्नेमा जोडदिनु भएको थियोे । कुलपति राईले एकवटा प्रश्न सोधेपछि हाजिरीजवाफ प्रतियोगिताको…
सवारी चालक राम महर्जनको अनिवार्य अवकाश
काठमाडौँ ,कमलादी । २०८१असार २गते ,आइतवार । नेपाल प्रज्ञा-प्रतिष्ठानका सवारी चालक राम महर्जनले अनिवार्य अवकाश प्राप्त गर्नु भएको थियोे ।महर्जनले २० वर्ष ४ महिनाको सेवाअवधिबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियोे । उहाँको बिदाइ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान, लेखनाथ प्रवचन कक्षमा आयोजना गरिएको थियो ।यसै क्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले अवकाश प्राप्त जीवनलाई थप क्रियाशील बनाउँदै जानुपर्नेमा…
प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक समाजको विमर्श सम्पन्न
काठमाडौँ ।२०८१ असार २ गते आइतवार नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा ‘विकासको सोचमा सरकार र जनता’ विषयक विमर्श कार्यक्रम आयोजना गरिएको थियोे । यस विषयक कार्यपत्र केशव आचार्यले प्रस्तुत गर्नुभएको थियोे ।यसमाथिको टिप्पणी सङ्घीय सांसद तथा पूर्वमन्त्री डा.विमला राई पौडेल ,डा. गोविन्द पोखरेल ,संविधानसभा सदस्य हरि रोकाले टिप्पणी गर्नुभएको थियोे ।यस कार्यक्रमको…