गण्डकी प्रदेश आख्यान महोत्सव’भव्य रूपमा सम्पन्न
दमौली ,२०८१ चैत २ गते शनिवार । नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (गद्य) विभागद्वारा आयोजित गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च दमाैली तनहुँद्वारा सहआयोजित ‘गण्डकी प्रदेश आख्यान महाेत्सव’-२०८१ भव्य रूपमा सम्पन्न भएको थियोे। महोत्सवमा,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (गद्य) विभाग प्रमुख अमर न्यौपानेले प्रज्ञा-प्रतिष्ठानले ‘नलेखिएका कथाहरू’ खोज्दै विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताउनु भएको थियोे।…
इतिहासशिरोमणि बाबुराम आचार्यकाे १३८ओैँ जन्मजयन्ती सम्पन्न
काठमाडौँ ,२०८१ साल चैत्र १ गते शुक्रवार। इतिहासशिरोमणि बाबुराम आचार्यको १३८औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको पानसमा बत्ती बालेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपालले समुद्घाटन गर्नुभएको थियोे । उहाँले इतिहास, विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए पनि त्यसमा अहिलेका पिँढीको उचित ध्यान जान नसकेको बताउनु भएको थियोे ।…
‘प्रज्ञा’ (विज्ञसमीक्षित शोधपत्रिका)अङ्क- १,पूर्णाङ्क १२५,२०८० साउन -२०८० पुस अङ्क प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा’ (विज्ञसमीक्षित शोधपत्रिका)अङ्क- १,पूर्णाङ्क १२५,२०८० साउन -२०८० पुस अङ्क प्रकाशित भएको छ। प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी प्रधान सम्पादक ,सम्पादक मण्डलमा प्राज्ञ परिषद् सदस्य डा.कृष्णराज अधिकारी,डा. प्रेम चौलागाईं,डा. अम्बिका अर्याल,बद्रीप्रसाद ढकाल तथा कार्यकारी सम्पादकमा प्राज्ञसभा सदस्य डा.बालाकृष्ण अधिकारी रहनु भएको छ।यो एक सङ्ग्रहणीय अनुसन्धानमूलक पत्रिकाको रूपमा प्रकाशित हुँदै आएको छ।
किरात राई जातिमा बोलिने भाषाहरूको साझा साहित्यिक / सांस्कृतिक पत्रिका ‘खुवालुङ’को दोस्रो अङ्क २०८१ पुसमा प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा) विभागले किरात राई जातिमा बोलिने भाषाहरूको साझा साहित्यिक / सांस्कृतिक पत्रिका ‘खुवालुङ’को दोस्रो अङ्क २०८१ पुसमा प्रकाशित गरेको छ । प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य ,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङ प्रधान सम्पादक ,निराजन राई, तेजमाया दुमी राई ,कुम्भराज राई र दिवस राई सम्पादक मण्डलमा तथा कार्यकारी सम्पादकमा तिलक चाम्लिङ रहनु…











