“राष्ट्रिय चिन्तन विमर्श” प्रकाशित
\
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले मातृभाषा साहित्यको २८ ओैँ शृङ्खला २०८२ कार्तिक २८ गते शुक्रवार आयोजना गर्दै छ।यस कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौँ ।
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान ‘नेपाली भाषा,कोश र व्याकरण’विभागद्वारा सामाजिक मन्त्रालय कर्णाली प्रदेश तथा मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँसँगको सहकार्यमा खस भाषाको शब्दकोश”खसिया आखर” एक समारोहबिच लोकार्पण गरिएको थियो । प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खस भाषाको शब्दकोश ‘खसिया आखर’को लोकार्पण गर्दै यसले तत्कालीन विशाल खस राज्यको ऐतिहासिक पृष्ठभूमिसहित खस भाषाका वक्ता र…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य मातृभाषा विभागद्वारा मासिक रूपमा सञ्चालन गर्दै आएको २७ ओैँ साहित्य शृङ्खला सिर्जना वाचन, संवाद र विमर्श कार्यक्रम २०८२ असोज ३१ गते, शुक्रवार प्रज्ञा-प्रतिष्ठान देवकोटा सभाकक्षमा सम्पन्न भएको थियो। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गोरखाभाषा प्रकाशिनी समितिलाई नेपाली भाषा प्रकाशिनी समिति बनाएपछि मातृभाषालाई सरकारले विभेदमा पार्न थालेको बताउनुभएको थियोे ।राज्यको एकात्मक…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय मैतीदेवीमा आयोजना गरेको थियोे । कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका कुलपति भूपाल राई लगायतले महाकवि देवकोटाको सालिकमा माल्यार्पण गर्नुभएको थियोे । महाकवि देवकोटा बारे अवधारणा पत्र प्रस्तुति तथा कविता वाचन कार्यक्रमको समुद्घाटन प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्ज्वलन गरेर गर्नुभएको थियोे। कुलपति…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका उपप्रमुख सुरेन्द्रकाजी सिन्दुराकार३० वर्ष बढी कार्यरत रही आफ्नो सेवा अवधि पूरा गरी निवृत्त हुनुभएको छ ।प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सुरेन्द्रकाजी सिन्दुराकारलाई अबिर माला, प्रमाण-पत्र र दोसल्ला ओढाउँदै उहाँ जिम्मेवारीमा रहँदा वफादार र काममा निपूर्ण रहेको चर्चा गर्नुभएको थियोे । बिदाइ समारोहमा उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले मायाको चिनो तथा फलफूल ,…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले ‘बान्तावा मुन्दुम’ सङ्कलन तथा लेखन विमर्श कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे। कार्यक्रममा ‘बान्तावा मुन्दुम’ सङ्कलन तथा लेखन बारे दिलेन्द्र मुकारुङले अवधारणा-पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणा-पत्रमाथि रामचन्द्र रुपाबुङ राई, भक्तबहादुर राई, तीर्थराज मुकारुङ राई, चन्द्रकुमार राई हतुवाली, अनुदिप देवान, जयबहादुर राई, सन्तोष राई, केदार राई, मुकेश…
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन” स्मारिका–२०८२ को लोकार्पण कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भएको थियोे । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन तथा स्मारिकाको लोकार्पण गर्दै ‘ मान्छेको सभ्यता ,संस्कृति ,श्रम र सामूहिक ज्ञानका लागि पुस्तकालय जरुरी…