हार्दिक निमन्त्रणा
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले मातृभाषा साहित्यको २८ ओैँ शृङ्खला २०८२ कार्तिक २८ गते शुक्रवार आयोजना गर्दै छ।यस कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौँ ।
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले मातृभाषा साहित्यको २८ ओैँ शृङ्खला २०८२ कार्तिक २८ गते शुक्रवार आयोजना गर्दै छ।यस कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौँ ।
•नेपाल प्रज्ञा-प्रतिष्ठानले शेर्पा भाषाको पत्रिका ‘चोमोलुङ्मा’ प्रकाशि गर्ने भएको छ। प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले ४६ वटा मातृभाषालाई समेटेर ११ वटा मातृभाषाका पत्रपत्रिका प्रकाशित गरिसकेको छ। प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङको अध्यक्षतामा २०८२ साल कार्त्तिक १२ गते बुधवार बसेको वैठकले उक्त निर्णय गरेको हो।उहाँले जनजातिका मातृभाषा, साहित्य ,संस्कृति ,इतिहास ,…
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गैरआवासीय नेपाली सङ्घ, भाषा साहित्य समितिको सहकार्यमा’साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रमको आयोजना गरिएको थियोे। गैरआवासीय नेपाली सङ्घको २२ औँ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र विशिष्ट अतिथि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा पानसमा बत्ती बालेर…
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरुवा-जातिरि’ बहुभाषिक पत्रिका प्रकाशित गरेको छ। ‘सिरूवा जातिरि” सहित १० वटा पत्रिका प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागबाट प्रकाशित भइसकेका छन् । यसबाट नेपाली मातृभाषाको संरक्षण र विकासमा ऐतिहासिक कार्य भएको देखिन्छ। प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले…