२०८१ सालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै
नेपाल प्रज्ञा-प्रतिष्ठान र बालसाहित्य समाजको सहकार्यमा २०८१ सालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको आयोजना नेपालमै हुँदैछ । जसको तयारी तीव्रगतिमा भइरहेको छ ।
लुम्बिनी प्रदेशस्तरीय ‘एकदिने आख्यान महोत्सव’-२०८०
नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहआयोजनामा लुम्बिनी प्रदेशस्तरीय ‘एकदिने आख्यान महोत्सव’-२०८०फागुन २६ गते शनिवार ,कोहलपुर नगरपालिकासभा हल ,बाँकेमा कार्यक्रम हुँदैछ ।यसमा सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध छ।
विविध विषयमा अनुसन्धान प्रस्ताव आह्वान
नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘ नेपालको सशस्त्र जनयुद्धको सौन्दर्यशास्त्रीय अध्ययन ‘ लगायतका विविध विषयमा अनुसन्धान प्रस्ताव आह्वान गरेको छ ।ती विषयवस्तुमाथि अनुसन्धान गर्न इच्छुक व्यक्तिलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ ।
उत्तमराज उपाध्यायको बिदाइ
काठमाडौँ । २०८० फागुन १३ आइतवार। नेपाल प्रज्ञा-प्रतिष्ठानमा कार्यरत अधिकृत उत्तमराज उपाध्याय उमेरहदका कारण ५८ वर्षको उमेरमा २०८० साल फागुन १० गते सेवानिवृत्त हुनुभएको थियोे । तसर्थ नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई ,उपकुलपति विमल निभा,सदस्य सचिव डा.धनप्रसाद सुवेदी , प्राज्ञ परिषद् सदस्यहरू र प्रशासन प्रमुख सुमन अधिकारी लगायतले निवृत्त उपाध्यायलाई एक समारोहबिच बिदाइ गर्नुभएको…
प्रज्ञा गजल महोत्सव -२०८० सम्पन्न
काठमाडौँ । २०८० फागुन १८ शुक्रवार। नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा गजल महोत्सव’-२०८०को आयोजना गर्यो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर प्रज्ञा गजल महोत्सव -२०८० को उदघाटन गर्नुभएको थियो ।उहाँले कवि र गजलकारले आफ्नै विरुद्ध उभिएर पनि सिर्जना गरेका हुन्छन् । कवि र गजलकार प्रायः भ्रष्ट हुँदैन भन्ने धारणा राख्दै महोत्सवमा सहभागी गजलकारलाई प्रमाणपत्र प्रदान…