सवारी चालक दीपक राईको अनिवार्य अवकाश
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका सवारी चालक दीपक राईले ३६वर्षको सेवाअवधिबाट अनिवार्य अवकाश लिनुभएको थियोे । उहाँको बिदाइ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान, लेखनाथ प्रवचन कक्षमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सवारी चालक दीपक राई जस्तै शालीन ,भद्र, इमान्दार,वफादार ,जवाफदेही र लगनशील भई आफ्नो कार्य सबैले गर्नुपर्ने बताउनुभएको थियो । उहाँले चालक…
नेपाल प्रज्ञा-प्रतिष्ठानमा ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४८ औँ जन्मजयन्ती’ सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र बालसाहित्य समाजको सहकार्यमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४८ औँ जन्मजयन्तीको आयोजना गरिएको थियोे । कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा -प्रतिष्ठान र बालसाहित्य समाजको सहकार्यमा बालसाहित्य सम्बन्धित अन्तरक्रिया बहस र छलफल हुँदै आएको छ।यसले बालबालिकालाई साहित्यमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियोे ।उहाँले जयपृथ्वीबहादुर सिंह तत्कालीन राणाशासनविरूद्व…
प्रज्ञा-प्रतिष्ठानमा डोटेली साहित्यको वर्तमान अवस्था विषयक विमर्श
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य’को तेह्रौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको थियोे । सामूहिक रूपमा राष्ट्रिय गान ‘सयौँ थुँगा..!’ गाएलगतै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा ‘डोटेली साहित्यको वर्तमान अवस्था’…
हार्दिक निमन्त्रणा
२०८१ भदौं २८ गते गते शुक्रवार मातृभाषा साहित्य शृङ्खलाको १४ ओैँ अङ्कमा ‘अछामी भाषाको साहित्य’विषयक विमर्श कार्यक्रममा हार्दिक निमन्त्रणा छ ।
समाज अन्वेषण ( विज्ञ समीक्षित अर्धवार्षिक जर्नल) तेस्रो अङ्क नेप्जोलमा प्रकाशित
प्रत्येक लेखको डिओआइ नम्बरसहित समाज अन्वेषण ( विज्ञ समीक्षित अर्धवार्षिक जर्नल) तेस्रो अङ्क नेप्जोलमा प्रकाशित भयो ।
थारू भाषाका कवितामा महिला हस्ताक्षरको परिचर्चा गर्दै ठुम्रार साहित्यिक बखेरीको शताङ्क शृङ्खलाबारे विमर्श
काठमाडौँ । ‘हमार संस्कृक्ति हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचानु भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि सुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको १००औँ भाग शताङ्कसम्म आइपुगेको छ । यस अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र थारू लेखक सङ्घ नेपालको सहकार्यमा ठुम्रार साहित्यिक बखेरीको १०० औँ शृङ्खलाको विमर्श गरिएको थियोे…
हार्दिक निमन्त्रणा
२०८१ साउन ३२ गते शुक्रवार मातृभाषा साहित्य शृङ्खलाको १३ओैँ अङ्कमा ‘डोट्याली भाषाको साहित्य’विषयक विमर्श कार्यक्रममा हार्दिक निमन्त्रणा छ ।
साहित्यिक पत्रिका कोषले आ व २०७९/८० र २०८०/०८१को अनुदान रकम प्रदान गर्नका लागि आवेदन आह्वान
नेपाल प्रज्ञा-प्रतिष्ठान अन्तर्गत स्थापित साहित्यिक पत्रिका सहयोग कोषले २०६१/०६२ सालदेखि निजीस्तरबाट नियमित प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकालाई अनुदान रकम प्रदान गर्दै आएको छ।यसपटक आ व २०७९/८० र २०८०/०८१को अनुदान रकम प्रदान गर्नका लागि सम्बन्धित साहित्यिक पत्रिकाबाट उक्त कोषले आवेदन आह्वान गरेको छ ।