नेपाल प्रज्ञा-प्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय भारतीय भाषा विभागबिच प्रतिबद्धता-पत्रमा हस्ताक्षरित
भारत ,उत्तरप्रदेश/वाराणसी। नेपाल प्रज्ञाप्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय वाराणसी भारतअन्तर्गत कला सङ्घ सङ्कायको भारतीय भाषा विभागबिच नेपाली भाषा साहित्य, संस्कृति तथा दर्शनको अध्ययन अनुसन्धान गर्नेसम्बन्धी प्रतिबद्धतापत्रमा २०८१ साउन ३२ गते ,शक्रवार हस्ताक्षर भएको थियोे । उक्त प्रतिबद्धतापत्रमा प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी र भारतीय भाषा विभाग प्रमुख प्रा.डा.दिवाकर प्रधानले हस्ताक्षर गर्नुभएको थियोे । प्रतिबद्धतापत्रमा विमर्शसहितका कार्य…
प्रज्ञा-प्रतिष्ठानद्वारा कोलकातामा’नेपाली भाषा र दर्शन’ विषयक विमर्श !
भारत,कोलकाता । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाली जनकल्याण समितिको सहकार्यमा ‘नेपाली भाषा र दर्शन’ विषयक कार्यक्रमको आयोजना गरिएको थियोे ।उक्त कार्यक्रम आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा भारतको काेलकतास्थित हावडामा आयोजना गरिएको थियोे । प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले मूल मनतव्यका क्रममा धेरै बोलिने भाषाको सूचीमा ५९औँ स्थानमा नेपाली भाषा रहेको बताउँदै विश्वका विभिन्न मुलुकका शैक्षिक प्रतिष्ठानमा…
घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मिलन-२०८१ सम्पन्न
काठमाडौँ २०८१ साउन १२ गते शनिवार ।नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन- २०८१ प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे। प्रमुख अतिथि ,प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्ज्वलन गरेर उक्त सम्मिलनको समुद्घाटन गर्नुभएको थियोे ।उक्त सम्मिलनलाई दुई सत्रमा विभक्त गरिएको…
मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार !
काठमाडौँ।२०८१ साउन ४गते शुक्रवार । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल भाषा मिसा खल:को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियोे। नेपालभाषा-साहित्यका अध्येता प्रा.प्रेमशान्ति तुलाधरले ‘नेपालभाषा साहित्यका एक सशक्त नारी हस्ताक्षर मोतीलक्ष्मी उपासिका’विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रमका प्रमुख अतिथि तथा भाषा आयोगका सदस्य सुरेश किरणले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन…