प्रज्ञा-प्रतिष्ठानको इतिहासमा मातृभाषाको पुनर्जागरण: २६ओैँ मातृभाषा साहित्य शृङ्खलामा बहुभाषिक पत्रिका ‘सिरूवा-जातिरि’ सार्वजनिक
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरुवा-जातिरि’ बहुभाषिक पत्रिका प्रकाशित गरेको छ। ‘सिरूवा जातिरि” सहित १० वटा पत्रिका प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागबाट प्रकाशित भइसकेका छन् । यसबाट नेपाली मातृभाषाको संरक्षण र विकासमा ऐतिहासिक कार्य भएको देखिन्छ। प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले…










