उत्पत्ति कथाबारे नेपाल प्रज्ञा-प्रतिष्ठानको आह्वान
नेपालका मातृभाषी जाति तथा समुदायको `उत्पत्ति कथा´को आआफ्नो मातृभाषामा लेखन तथा नेपालीमा अनुवाद गरी २०८२ साल जेठ ५ गतेभित्र पठाइसक्नुपर्ने छ।उक्त लेख बढीमा १५०० शब्दसम्मको हुनुपर्ने छ।
खोटेहाङमा प्रज्ञा-प्रतिष्ठानको साहित्य सङ्गोष्ठी तथा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादी काठमाडौँसँगको सहकार्यमा खोटेहाङ प्रज्ञा-प्रतिष्ठान खोटाङले २०८१ चैत २७ र २८ गते दुईदिने साहित्य सङ्गोष्ठी तथा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियोे। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले खोटाङ जिल्लामा मात्र भएका किरात राईहरू मध्येको पुमा, तिलुङ, कोयी, दुमी भाषाहरू नजोगाए विश्वबाटै लोप हुने सम्भावना रहेको ओैल्याउँदै स्थानीय…
प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा २०देखि ४०प्रतिशतसम्म छुट
काठमाडौँ ।२०८२ वैशाख २ गते मङ्गलवार । “सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे। उक्त पुस्तक प्रदर्शनी अाज २०८२ वैशाख २ गतेदेखि १८ गतेसम्म रहने छ। प्रदर्शनीमा अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी,…











