संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्रज्ञा-प्रतिष्ठानको अवलोकन
आज माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्रज्ञा-प्रतिष्ठानको अवलोकन गर्नुभयो । उहाँले प्रज्ञा छापाखाना, पुस्तकालय, पदाधिकारीहरूको कार्यकक्षकोअवलोकनसहित विभिन्न विषयको जानकारी लिनुभएको हो । उहाँलाई प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई ,सदस्य सचिव डा धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्य,प्राज्ञसभा सदस्य र कर्मचारीलगायतले स्वागत गर्नु भएको हो ।
प्रज्ञा-प्रतिष्ठानमा ‘भुजेल भाषाको साहित्य’ र सम्भाव्यता बारे विज्ञको चासो र चिन्ता !
काठमाडौँ । २०८१ कार्तिक ३० गते शुक्रवार। नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले ‘मातृभाषा साहित्यको ‘१६अौँ शृङ्खलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न गरेको थियोे।यस अवसरमा भुजेलभाषा अध्येता विशम प्हुगालद्वारा लिखित’भुजेल भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियोे। ‘प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको देश हो। त्यसैले प्रज्ञा- प्रतिष्ठानले मातृभाषाको जागरणका…
‘स्थानीय प्रज्ञा–प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श कार्यक्रम’ आयोजना
स्याङ्जा । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्य, गल्याङ नगरपालिकाको व्यवस्थापन तथा गल्याङ प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘स्थानीय प्रज्ञा–प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श कार्यक्रम’ आयोजना गरिएको थियोे । स्याङ्जाको गल्याङ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गल्याङ प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराई सभाध्यक्ष रहनुभएको थियो । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख तथा गल्याङ प्रज्ञा–प्रतिष्ठानका…
नायब सुब्बा (कम्प्युटर) विज्ञापन नं.४/०७९–०८० का लागि आवेदन दिने दरखास्त सङ्कलन विवरण स्वीकृत नामावली
विज्ञापन नं.४/०७९–०८० का लागि आवेदन दिने दरखास्त सङ्कलन विवरण स्वीकृत नामावली