प्रज्ञा-प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान बारे चर्चा गर्दै विशेष कविगोष्ठी आयोजना
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ओैँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय,मैतीदेवीमा ‘महाकवि देवकोटाको योगदानको परिचर्चा तथा विशेष कविगोष्ठी’को आयोजना गरेको थियोे। प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले महाकवि देवकोटाको प्रतिमा र तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । उहाँले महाकवि देवकोटालाई स्मरण गर्नु भनेको एउटा युगलाई सम्झिनु हो ,युगकै…
नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
•चीन,छेङ्दु।२०८१ असोज २९ गते मङ्गलवार। चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६वटा पुस्तक चीनमा सार्वजनिक गरिएको थियोे । चीनको छेङ्दुमा असोज २६ गते आयोजित एक विशेष समारोहबिच दुवै पक्षका विज्ञ समितिका अध्यक्ष एवम् सदस्यहरूको उपस्थितिमा १३ नेपाली र १३ चिनियाँ पुस्तक सार्वजनिक गरिएको हो । नेपाली विज्ञ समितिका अध्यक्ष एवम्…
कुलपति राईसहितको टोली चीनको छेङ्दु प्रस्थान
काठमाडौँ, २४ असोज बिहिवार। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई बिहिवार चीन प्रस्थान गर्नुभएको छ । चीनको छेङ्दुमा असोज २५ गते हुने तियान्फु बुक फेयरको उद्घाटन एवम् असोज २६ गते हुने चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका पुस्तकहरूको सार्वजनीकरण कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ लाग्नुभएको हो । भ्रमणमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद्…