प्रज्ञामा संस्कृति मन्त्रीलाई स्वागत तथा कर्मचारीलाई सेवा पदक र प्रमाणपत्र प्रदान
२०७९ चैत्र १२, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई कार्यालयमा स्वागत गरेको छ । प्रज्ञा–प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका मन्त्री किरातीलाई कुलपति भूपाल राईले पुष्पगुच्छा प्रदान गरी स्वागत गर्नुभएको हो । सो अवसरमा मन्त्री किरातीले कर्मचारीहरूलाई प्रज्ञा सेवा पदकका साथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापका विजेताहरूलाई विभिन्न पुरस्कार प्रदान गर्नुभयो…