नेपाली बालसाहित्यको अध्ययन परम्परा’ विषयक विचार गोष्ठी सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा नेपाली बालसाहित्यको अध्ययन परम्परा’ विषयक विचार गोष्ठी भएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले सो कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । यस अवसरमा उपकुलपति श्रेष्ठले ‘बालसाहित्य’ साहित्यको आधारस्तम्भ भएकाले सुव्यवस्थित ढङ्गले लेखन र पठनपाठन हुनुपर्नेमा जोड दिनुभएको थियोे ।…