पशुपतिक्षेत्र सरसफाइ अभियानमा नेपाल प्रज्ञा–प्रतिष्ठान
२०७९ चैत ४ गते, शनिबार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको ‘पशुपतिक्षेत्रको तीन महिने बृहत सरसफाइ अभियान’मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मातहतका निकायहरू, संस्थानहरू र विभिन्न शाखाका प्रमुखलगायत कर्मचारीहरू सहभागी भई प्रत्येक हप्ता शनिबार बिहान ८ः०० बजे देखि १०ः०० बजे सम्म सरसफाइ अभियानमा सहभागी हुन भनि मन्त्रालयले आह्वान गरेको थियो…