सामाजिक शास्त्र सङ्गोष्ठीले निराशालाई चिर्दै आशा र सम्भावनालाई जगाउनु सक्नुपर्छ -मन्त्री पाण्डे
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभागद्वारा आयोजित सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी २०८२का प्रमुख अतिथि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पानसमा बत्ती बालेर ‘नेपाली समाजका विविधता’विषयक दुई दिने कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सामाजिक शास्त्रको खोजअनुसन्धानको क्षेत्रमा प्रशस्त लगानी नभएको बताउनुभएको थियो ।उहाँले सङ्गोष्ठीमा प्रस्तुत हुने खोजमूलक…
कविहरूले गणतन्त्रका लागि जनतालाई जागृत पारेको इतिहास छ:-मन्त्री पाण्डे
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा १८ औँ राष्ट्रिय गणतन्त्र दिवसका सन्दर्भमा आयोजित ‘कविता उत्सव’ – २०८२को पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे।प्रमुख अतिथि पाण्डेले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन कविका कविता र साहित्यकारका सिर्जनाले जनतालाई जागृत गराएको इतिहास छ।लोकतन्त्र र गणतन्त्रको विकल्पमा अर्को व्यवस्थाको खोजी…
सङ्गोष्ठीका लागि छनौट भएका लेखहरू प्रेस विज्ञप्तिद्वारा सार्वजनिक
नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभागद्वारा २०८२ जेष्ठ १६ र १७ गते सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी आयोजना हुँदैछ । सङ्गोष्ठीका लागि छनौट भएका लेखहरू प्रेस विज्ञप्तिद्वारा सार्वजनिक गरिएको छ ।
प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार २०८१ समर्पण
काठमाडौँ । २०८२/१/३० गते । नेपाल प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भाषा ,साहित्य,सामाजिक शास्त्र , दर्शनशास्त्र ,अनुवाद र संस्कृति लगायतका विधामा विशेष योगदान पुर्याउनु भएका १० जना स्रष्टा व्यक्तित्वलाई एक समारोहबिच पुरस्कृत गरिएको हो। •प्रमुख अतिथि मन्त्री पाण्डेले पानसमा दीप प्रज्वलन गरेर प्रज्ञा पुरस्कार २०८१ समर्पण समारोहको समुद्घाटन…











