इतिहासशिरोमणि बाबुराम आचार्यकाे १३८ओैँ जन्मजयन्ती सम्पन्न
काठमाडौँ ,२०८१ साल चैत्र १ गते शुक्रवार। इतिहासशिरोमणि बाबुराम आचार्यको १३८औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको पानसमा बत्ती बालेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपालले समुद्घाटन गर्नुभएको थियोे । उहाँले इतिहास, विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए पनि त्यसमा अहिलेका पिँढीको उचित ध्यान जान नसकेको बताउनु भएको थियोे ।…











