राष्ट्रिय कविता महोत्सवमाथि समावेशी चिन्तनको बहस !
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका पूर्व सन्ध्यामा अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” विषयक अवधारणापत्र विमर्श कार्यक्रमको समुद्घाटन अध्यक्ष तथा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो।यसअवसरमा उहाँले समावेशिताको प्रयोग र उत्थानमा “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” भएको बताउनुभयो । कुनैकुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन…