“सिरुवा-जातिरि” नामक साझा पत्रिका नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित
झापा, मोरङ र सुनसरी जिल्लामा आदिकालदेखि बसोबास गर्दै आएका १० आदिवासी अल्पसङ्ख्यक समुदायहरू(धिमाल, राजवंशी, उराँव, ताजपुरिया, गनगाई, सन्थाल, मेचे, किसान, मुण्डा र केवरतको साझा संस्कृति तर फरक- फरक भाषाहरूका साथ “सिरुवा-जातिरि” नामक साझा पत्रिका नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भएको छ। यस पत्रिकाको लोकार्पण २०८२ असोज ८ गते बुधवार प्रज्ञा-प्रतिष्ठान देवकोटा कक्षमा हुँदै छ।
राष्ट्रपति पौडेलबाट ‘राष्ट्रिय कविता महोत्सव -२०८२’का उत्कृष्ट दस कवि पुरस्कृत
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्समा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ का उत्कृष्ट दस जना कविलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन ,शीतल निवासमा जनही रू चालिस हजार र कदरपत्र समर्पण गर्नुभएको थियोे । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले”मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, सांस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य” रहेको…
प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित तामाङ भाषाको पत्रिका याम्बुलिङ लोकार्पण
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले मातृभाषाको प्रवर्द्धन गर्ने उद्देश्यले तामाङ भाषाको पत्रिका ‘याम्बुलिङ’ पहिलोपटक प्रकाशन गरेको छ। प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई लगायतले २०८२ साल भदौ १५ गते आइतवार उक्त पत्रिकाको लोकार्पण गर्नुभएको थियो।उहाँले ‘ नेपालका सबै भाषा नेपाली भाषा हुन्, उपत्यका वरिपरि बसोबास गर्ने तामाङ भाषाको प्रवर्धनका लागि लेख्य परम्परा कायम होस् भन्ने लक्ष्यले याम्बुलिङ प्रकाशन’गरिएको…
नेपाल भ्रमणमा आएका चिनियाँ पाहुनाहरूसँगकाे भेटघाट कार्यक्रम
नेपाली- चिनियाँ शास्त्रीय ग्रन्थहरूकाे अनुवाद परियोजनासम्बन्धी कार्यक्रममा नेपाल भ्रमणमा आएका चिनियाँ पाहुनाहरूसँगकाे भेटघाट कार्यक्रम । नेपाल प्रज्ञा-प्रतिष्ठान + संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।











