प्राज्ञ-प्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रवार मातृभाषा साहित्य श्रृङ्खलाको रूपमा आयोजना हुँदै आएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका निमित्त कुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।…