“सिरुवा-जातिरि” नामक साझा पत्रिका नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित
झापा, मोरङ र सुनसरी जिल्लामा आदिकालदेखि बसोबास गर्दै आएका १० आदिवासी अल्पसङ्ख्यक समुदायहरू(धिमाल, राजवंशी, उराँव, ताजपुरिया, गनगाई, सन्थाल, मेचे, किसान, मुण्डा र केवरतको साझा संस्कृति तर फरक- फरक भाषाहरूका साथ “सिरुवा-जातिरि” नामक साझा पत्रिका नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भएको छ। यस पत्रिकाको लोकार्पण २०८२ असोज ८ गते बुधवार प्रज्ञा-प्रतिष्ठान देवकोटा कक्षमा हुँदै छ।
•विक्षसमीक्षित लेख आह्वान •
नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा प्रकाशन हुने समाज अन्वेषण, विज्ञसमीक्षित अर्धवाषिक जर्नल (छैटौँ अङ्क) का लागि आफ्नो अभिरुचिअनुसार मानवशास्त्र, भूगोल, रसायनविज्ञान,जीवविज्ञान, खगोलविज्ञान, चिकित्साविज्ञान, गृहविज्ञान, मनोविज्ञान, जनस्वास्थ्य , जनसङ्ख्या, ग्रामीण विकास,पाठ्यक्रम, वास्तुविज्ञान,इतिहास, फौजदारी कानुन, इन्जिनियरिङ र गणित लगायतका विषयवस्तुहरूमा आधारित लेख पठाउनु हुन अनुरोध गरिएको छ। लेख आइपुग्नुपर्ने मिति-२०८२असोज १०गते ,शुक्रवारसम्म । इमेल:-rishalkaushila369@gmail.com.वा -mukttinath@gmail.com










