प्रज्ञा पुस्तक प्रदर्शनी प्रारम्भ
काठमाडौँ,कमलादी । २०८१वैशाख ४,बुधवार । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।नव वर्ष २०८१ सालकाे उपलक्ष्यमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शन, समाजशास्त्र लगायतका पुस्तक राखिएका छन् । प्रदर्शनीको मूल उद्देश्य पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ । “सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने मूल…