२०७९ चैत ४ गते, शनिबार ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको ‘पशुपतिक्षेत्रको तीन महिने बृहत सरसफाइ अभियान’मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मातहतका निकायहरू, संस्थानहरू र विभिन्न शाखाका प्रमुखलगायत कर्मचारीहरू सहभागी भई प्रत्येक हप्ता शनिबार बिहान ८ः०० बजे देखि १०ः०० बजे सम्म सरसफाइ अभियानमा सहभागी हुन भनि मन्त्रालयले आह्वान गरेको थियो ।
मन्त्रालयले जारी गरेको मिति देखि नै नेपाल प्रज्ञा–प्रतिष्ठान पनि सबै प्राज्ञहरूसहित सम्पूर्ण कर्मचारीहरू बिहान ७ः४५ बजे उपस्थित भई सरसफाइ अभियानमा सरिक हुँदै आएको छ । उक्त अभियानमा आज पनि प्रतिष्ठानका प्राज्ञहरू, विभिन्न शाखा महाशाखाका प्रमुख, उपप्रमुख र अधिकृतलगायत सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो । आजको सरसफाइ अभियान कैलाश डाँडादेखि सुरु भएर गौरीघाट, किरातेश्वर हुँदै मृगस्थलीमा पुगेर टुङ्गिएको थियो ।