“सिरुवा-जातिरि” नामक साझा पत्रिका नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित
झापा, मोरङ र सुनसरी जिल्लामा आदिकालदेखि बसोबास गर्दै आएका १० आदिवासी अल्पसङ्ख्यक समुदायहरू(धिमाल, राजवंशी, उराँव, ताजपुरिया, गनगाई, सन्थाल, मेचे, किसान, मुण्डा र केवरतको साझा संस्कृति तर फरक- फरक भाषाहरूका साथ “सिरुवा-जातिरि” नामक साझा पत्रिका नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित भएको छ। यस पत्रिकाको लोकार्पण २०८२ असोज ८ गते बुधवार प्रज्ञा-प्रतिष्ठान देवकोटा कक्षमा हुँदै छ।