कैलाली, धनगढी । २०८० फागुन २८ गते सोमवार । नेपाल प्रज्ञा -प्रतिष्ठान काठमाडौँको आयोजना तथा सुदूरपश्चिमाञ्चल साहित्य समाजको सहआयोजनामा ‘सुदूरपश्चिम प्रदेश एक दिने आख्यान महोत्सव’ सम्पन्न भएको थियो।
यस महोत्सवको उद्घाटन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा-प्रतिष्ठानको नीति योजना तथा समग्र प्रज्ञिक क्षेत्रको अवस्थाका बारेमा मन्तव्य राख्नुभएको थियो ।उहाँले सूदुरपश्चिमको भाषा, साहित्य र संस्कृतिको उन्नायन गर्न प्रज्ञा-प्रतिष्ठानले आफ्नो अग्रसरतालाई निरन्तरता दिने बताउनुभएको थियोे ।
यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य ताथ आख्यान विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियोे ।उहाँले आख्यान विभागको योजना तथा आख्यान महोत्सवको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियोे ।

यसै क्रममा सुदूरपश्चिम प्रदेशको आख्यान शीर्षकमा विद्वत प्रवचन्, बसाइँसराइ र समाज परिवर्तनका कथा, रैथाने कथा तथा आञ्चलिक आख्यान विषयका बारेमा प्यानल डिस्कसन् गरिएको थियोे ।

यसैगरी ‘बसाइँसराइ र समाज परिवर्तनका कथा’ शीर्षकको प्यानल डिस्कसनमा प्राज्ञ परिषद् सदस्य अमर न्यौपाने र सहप्राध्यापक हरिकृष्ण कडायत वक्ता रहनु भएको थियो ।यसको सहजीकरण प्राज्ञसभा सदस्य जनक रसिकले गर्नुभएको थियोे । ‘रैथाने कथा’ विषयक सेसनमा कोपिला शर्मा, रामचन्द्र नेपाल र कल्याण ओझा वक्ता रहनु भएको थियो । ‘आञ्चलिक आख्यान’ विषयक सेसनमा नारा जोशी, पदमराज जोशी र पदम राना वक्ता रहनुभएको थियोे । यस सेसनको सहजीकरण नरेन्द्र भट्टले गर्नुभएको थियोे ।
यस महोत्सवको अन्तिम सत्रमा सुदूरपश्चिमका चार कथाकार खेम बतास, तुलसी शर्मा, गणेश नेपाली र महेन्द्र उपाध्यायले कथा वाचन गर्नुभएको थियोे ।साथै ,धनगढीस्थित इमेज होटलको सभाकक्षमा सम्पन्न महोत्सवमा सुदूरपश्चिमका विभिन्न क्षेत्रमा क्रियाशील दुई सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।