काठमाडौँ ,कमलादी । २०८० चैत २५ । नेपाल प्रज्ञा-प्रतिष्ठानका खरिदार लोकेन्द्र याखाले आफ्नो करिब ३० बर्से सेवा अवधिबाट स्वैच्छिक अवकाश २०८० चैत २५ गते लिनुभएको थियोे ।
उहाँको बिदाइ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान, लेखनाथ प्रवचन कक्षमा आयोजना गरिएको थियो ।यसै क्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले याखा जस्ता बौद्धिक र लगनशील कर्मचारी प्रतिष्ठानलाई आवश्यक रहेको भन्दै स्वैच्छिक अवकाशपछि जीवनलाई झन् सार्थक ढङ्गले अघि बढाउनुपर्ने बिदाइ मनतव्यका क्रममा उल्लेख गर्नुभएको थियोे । कुलपति राईले याखालाई अबिर माला, प्रमाण-पत्र र दोसल्ला ,उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले मायाको चिनो तथा फलफूल , सदस्य सचिव डा. धनप्रसाद सुवेदीले अधिकारपत्र (पेन्सन पट्टा) एवम् चेक र प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियन (नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन)लगायतले मायाको चिनो र उपहार प्रदान गर्नुभएको थियोे ।
यसैगरी विदाइ मनतव्यका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियन (नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन)का
अध्यक्ष धनबहादुर कार्कीले खरिदार याखा मिलनसार र जिम्मेवारी वहन गर्न सफल र इमानदार कर्मचारी रहेको उल्लेख गर्नुभएको थियोे ।कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका शाखा अधिकृत बद्रीप्रसाद कार्कीले गर्नुभएको थियोे ।