नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्य र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान एवम् इलाम साहित्य समाजको आयोजनामा तेस्रो इलाम साहित्य महोत्सव
नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्य र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान एवम् इलाम साहित्य समाजको आयोजनामा २०८० चैत १६- १७ (२०२४ मार्च २९-३०)गते तेस्रो इलाम साहित्य महोत्सवको आयोजना हुँदैछ ।यस महोत्सवमा सहभागिताका लागि इलामवासी स्रष्टा लगायतलाई हार्दिक अनुरोध गर्दछौँ ।
‘समाज अन्वेषण'(विज्ञसमीक्षित अर्धवार्षिक जर्नल) पूर्णाङक -२ ,२०८० कार्तिक -चैत्र अङ्क प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको ‘समाज अन्वेषण'(विज्ञसमीक्षित अर्धवार्षिक जर्नल) पूर्णाङक -२ ,२०८० कार्तिक -चैत्र अङ्क प्रकाशित भएको छ ।यसको प्रधान सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसाल,सम्पादक मण्डलमा प्राज्ञ नारायणप्रसाद मरासिनी,प्राज्ञ नवीन जिरेल,गोकुल पोखरेल,प्रकाश थापा मगर,सरोजदिलु र कार्यकारी सम्पादकमा नारायण शर्मा रहनुभएको छ।
“समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको “समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित भएको छ । जसको प्रधान सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपाने हुनुहुन्छ ।यसैगरी सम्पादक मण्डलमा कान्जोक लामा,कुमारी लामा,केसरी अम्गाई,प्राज्ञ जनक रसिक,पुरुषोत्तम रिजाल,भूमिश्वर पौडेल र कार्यकारी सम्पादकमा डा. अशोक थापा रहनु भएको छ ।यस पटकको समकालीन साहित्य केही नूतनता र नयाँ…