‘प्रज्ञा’ (विज्ञसमीक्षित शोधपत्रिका)अङ्क- १,पूर्णाङ्क १२५,२०८० साउन -२०८० पुस अङ्क प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा’ (विज्ञसमीक्षित शोधपत्रिका)अङ्क- १,पूर्णाङ्क १२५,२०८० साउन -२०८० पुस अङ्क प्रकाशित भएको छ। प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी प्रधान सम्पादक ,सम्पादक मण्डलमा प्राज्ञ परिषद् सदस्य डा.कृष्णराज अधिकारी,डा. प्रेम चौलागाईं,डा. अम्बिका अर्याल,बद्रीप्रसाद ढकाल तथा कार्यकारी सम्पादकमा प्राज्ञसभा सदस्य डा.बालाकृष्ण अधिकारी रहनु भएको छ।यो एक सङ्ग्रहणीय अनुसन्धानमूलक पत्रिकाको रूपमा प्रकाशित हुँदै आएको छ।
किरात राई जातिमा बोलिने भाषाहरूको साझा साहित्यिक / सांस्कृतिक पत्रिका ‘खुवालुङ’को दोस्रो अङ्क २०८१ पुसमा प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा) विभागले किरात राई जातिमा बोलिने भाषाहरूको साझा साहित्यिक / सांस्कृतिक पत्रिका ‘खुवालुङ’को दोस्रो अङ्क २०८१ पुसमा प्रकाशित गरेको छ । प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य ,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङ प्रधान सम्पादक ,निराजन राई, तेजमाया दुमी राई ,कुम्भराज राई र दिवस राई सम्पादक मण्डलमा तथा कार्यकारी सम्पादकमा तिलक चाम्लिङ रहनु…
वार्षिक साहित्यिक पत्रिका ‘लवाङ्गी’ २०८१ साल माघमा दोस्रो अङ्क प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा) विभागले थारू भाषाको वार्षिक साहित्यिक पत्रिका ‘लवाङ्गी’ २०८१ साल माघमा दोस्रो अङ्क प्रकाशित गरेको छ । नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य ,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङ प्रधान सम्पादक , शान्ति चौधरी,डा रामबहादुर चौधरी,महेश चौधरी,शत्रुधन चौधरी र भूमिका थारू सम्पादक मण्डलमा तथा कार्यकारी सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.कृष्णराज सर्वहारी रहनु…
मैथिली भाषाको वार्षिक साहित्यिक पत्रिका ‘आङना’ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठान मातृभाषा(मातृभाषा,कोश तथा व्याकरण) विभागद्वारा मैथिली भाषाको वार्षिक साहित्यिक पत्रिका ‘आङना’ प्रकाशित भएको छ।’आङना’ ‘वर्ष :११, २०८१ साल ,पौष वार्षिकअङ्क मैथिली कथा विशेषाङ्कको रूपमा देखा परेको छ।उक्त पत्रिकामा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा(मातृभाषा,कोश तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली प्रधान सम्पादक,विजेता चौधरी र सुरेश यादव सम्पादक तथा विनीत ठाकुर कार्यकारी सम्पादक रहनुभएको छ।…
लिम्बू भाषाको साहित्यिक पत्रिका ‘फक्ताङ्लुङ ‘वर्ष :८,अङ्क:६-७ संयुक्ताङ्क ,२०८०/ ८१ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागद्वारा प्रकाशित लिम्बू भाषाको साहित्यिक पत्रिका ‘फक्ताङ्लुङ ‘वर्ष :८,अङ्क:६-७ संयुक्ताङ्क ,२०८०/ ८१ प्रकाशित भएको छ ।प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङ प्रधान सम्पादक, स्वप्निल स्मृति,भीमा खजुम,पूर्णकुमारी लिङ्देन र इन्दिरा नेम्बाङ सम्पादक मण्डलमा रहनु भएको छ। ‘फक्ताङ्लुङ’को कार्यकारी सम्पादकमा निशेष आङदेम्बे रहनु भएको छ।प्रज्ञा-प्रतिष्ठानबाट विगत ८ वर्षदेखि…
कोइँच (सुनुवार) भाषाको साहित्यिक पत्रिका चुप्लु वर्ष :१,अङ्क:१,माघ २०८१ प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागद्वारा प्रकाशित कोइँच (सुनुवार) भाषाको साहित्यिक पत्रिका चुप्लु वर्ष :१,अङ्क:१,माघ २०८१ प्रकाशित भएको छ ।प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङ प्रधान सम्पादक तथा देवकुमार सुनुवार ,लक्ष्मीराम सुनुवार ‘लक्ष्मण’, शोभा सुनुवार र पामबहादुर सुनुवार सम्पादक मण्डलमा रहनुभएको छ। चुप्लुको कार्यकारी सम्पादकमा उत्तमकुमार सुनुवार रहनुभएको छ। प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक…
अनुवाद विभागद्वारा प्रकाशित ‘Modern Nepali Essays’ 2024 प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठान ,अनुवाद विभागद्वारा प्रकाशित ‘Modern Nepali Essays’ 2024 प्रकाशित भएको छ।डा. नवराज न्यौपानेद्वारा अनुदित उक्त कृतिमा Balkrishna Sama,Laxmi Prasad Devkota,Hridaya Chandra Singh Pradhan,Krishna Chandra Singh Pradhan,Ramkrishna Sharma,Janaklal Sharma,Shankar Lamichhane,Shyam Prasad Sharma, ,Parijat,Taranath Sharma,Anandadev Bhatta,Tirtha Bahadur Shrestha, Bhairab Aryal,Abhi Sudedi,Rajendra Subedi,Ganga Prasad Uprety,Rudra Kharel,Madhav Prasad Pokhrel,Govinda Raj Bhattarai, Sudha Tripathi,Sharada Sharma, Govinda Bhatta,Madanmani Dixit ,…











