उत्पत्ति कथाबारे नेपाल प्रज्ञा-प्रतिष्ठानको आह्वान
नेपालका मातृभाषी जाति तथा समुदायको `उत्पत्ति कथा´को आआफ्नो मातृभाषामा लेखन तथा नेपालीमा अनुवाद गरी २०८२ साल जेठ ५ गतेभित्र पठाइसक्नुपर्ने छ।उक्त लेख बढीमा १५०० शब्दसम्मको हुनुपर्ने छ।
प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा २०देखि ४०प्रतिशतसम्म छुट
काठमाडौँ ।२०८२ वैशाख २ गते मङ्गलवार । “सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे। उक्त पुस्तक प्रदर्शनी अाज २०८२ वैशाख २ गतेदेखि १८ गतेसम्म रहने छ। प्रदर्शनीमा अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी,…
प्रज्ञा–प्रतिष्ठानले सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठीको आयोजना गर्ने
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी–२०८२ आयोजना गर्ने भएको छ । आगामी २०८२ जेठ १६ र १७ गते प्रज्ञा–प्रतिष्ठानमा नै सो कार्यक्रम आयोजना गर्न लागेको हो । “सबै भाषा, सबै ज्ञान : सबैको प्रज्ञा–प्रतिष्ठान”भन्ने मूल सन्देशसहित प्रज्ञाको सामाजिक शास्त्र विभागले सो कार्यक्रम गर्न थालेको बताएको छ। सङ्गोष्ठीका लागि मुख्य विषय ‘नेपाली समाजका विविधताहरू’ निश्चित…











