नेपाली समाजका सन्दर्भमा लेनिनवाद”विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौँ । लेनिन स्मृतिको शतवार्षिकीका सन्दर्भमा नेपाल प्रज्ञा -प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा प्रज्ञा -प्रतिष्ठानमा आयोजित “नेपाली समाजका सन्दर्भमा लेनिनवाद”विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक हरि रोकाले “नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्य”बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । यस कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले “सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने मूल ध्येयका साथ…











