बालसाहित्य बालबालिकाका लागि बीजतत्त्व हो -विमलकृष्ण श्रेष्ठ (विमल निभा), उपकुलपति
काठमाडौँ,२०८०साल,असार १५ गते ,शुक्रबार । आज नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित “विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था” विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयमा विशद् अन्तरक्रिया भयो। प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर बाचन गरेर सो गोष्ठीको उद्घाटन गर्नुभयो । यसैगरी गोष्ठीका विशिष्ट अतिथि…











