उत्तमराज उपाध्यायको बिदाइ
काठमाडौँ । २०८० फागुन १३ आइतवार। नेपाल प्रज्ञा-प्रतिष्ठानमा कार्यरत अधिकृत उत्तमराज उपाध्याय उमेरहदका कारण ५८ वर्षको उमेरमा २०८० साल फागुन १० गते सेवानिवृत्त हुनुभएको थियोे । तसर्थ नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई ,उपकुलपति विमल निभा,सदस्य सचिव डा.धनप्रसाद सुवेदी , प्राज्ञ परिषद् सदस्यहरू र प्रशासन प्रमुख सुमन अधिकारी लगायतले निवृत्त उपाध्यायलाई एक समारोहबिच बिदाइ गर्नुभएको…











