अनुपम देवता’ उपन्यास पाठकबिच लोकप्रिय छ -डा.धनप्रसाद सुवेदी सदस्य सचिव, नेपाल प्रज्ञा-प्रतिष्ठान
काठमाडौँ । उपन्यास समाजका अध्यक्ष तथा वरिष्ठ उपन्यासकार शङ्कर भारतीद्वारा रचित उपन्यास ‘अनुपम देवता’को तेस्रो संस्करणको अन्तरक्रिया उपन्यास समाज नेपालको आयोजनामा सामाजिक विकास समाज अनामनगर ,काठमाडौँमा सम्पन्न भएको छ । यस अन्तरक्रियाका प्रमुख अतिथि ,वरिष्ठ साहित्यिक पत्रकार तथा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नगेन्द्रराज शर्माले शङ्कर भारतीका उपन्यासमा सरलता,बोधगम्य , सहजता र हृदयस्पर्शी प्रवृत्ति…