प्रज्ञा-प्रतिष्ठानमा ‘कर्णाली प्रज्ञा-प्रतिष्ठान’को गठन बारे छलफल
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्य र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कर्णाली प्रज्ञा-प्रतिष्ठान स्थापनाका लागि सुझाव सङ्कलन गरिएको थियो।प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ‘कर्णाली प्रदेशको सांस्कृतिक नीति र कर्णाली प्रज्ञा-प्रतिष्ठान’गठनका सम्बन्धमा विधागत विज्ञसँग परामर्श तथा सुझाव माग गर्नुभएको थियो। कार्यक्रममा मन्त्री भण्डारीले संवैधानिक अधिकार प्राप्त भए…











