प्रधानाङ्ग र उराँवलाई मातृभाषा पुरस्कार अर्पण गर्दै धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्न
धरान ,सुनसरी । नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई लगायतले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२४ को उपलक्ष्यमा पहिलो चरणमा धरान उपमहानगरपालिका-८ सिरिजङ्गाचोकमा स्थापित लिम्बूभाषा लिपिका प्रवर्तक तथा सहिद सिरिजङ्गाको सालिकमा माल्यार्पण गर्नुभएको थियोे । यसअवसरमा विभिन्न जनजातिका झाकी समेत प्रदर्शन गरिएको थियोे । यसपछि ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८०’को आयोजना धरानस्थित लाङ्घाली सभाभवनमा दोस्रो चरणको कार्यक्रम गरिएको…