कुलपति राईद्वारा अमेरिकाका स्रष्टालाई सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न
अमेरिका ,बोस्टन । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अनेसास बोस्टन च्याप्टर, अमेरिकाले हालै आफ्नो साधारण सभा तथा स्रष्टा सम्मान समारोहको आयोजना गरेको थियोे ।सो कार्यक्रम अमेरिकाको बोस्टनस्थित पशुपतिनाथ-बुद्ध मन्दिरमा सम्पन्न भएको थियो। यसअसरमा कुलपति राईले कार्यक्रमलाई सम्बोधन गर्दै ‘नेपाली साहित्य ,संस्कृति र कला अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिँदा आफूलाई गर्वको अनुभूति भएको छ ।यसक्षेत्रको संरक्षण…
कुलपति राईको एकल कविता वाचन अमेरिकामा
काठमाडौँ ।वरिष्ठ कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन अमेरिकाको बोस्टनमा आयोजना गरिएको थियोे। ‘सबै भाषा-सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ ‘सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा-प्रतिष्ठान’ अघि बढिरहेको छ । यसै उद्वेश्यसहित कुलपति राईको एकल कवितावाचनको पहिलो श्रृङ्खला चितवनबाट प्रारम्भ गरिएको थियोे । यसै क्रमको दोस्रो श्रृङ्खला…
‘प्रज्ञा’अर्धवार्षिक पूर्णाङ्क१२४,२०७९माघ-२०८०असार प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित विज्ञसमीक्षित शोधपत्रिका ‘प्रज्ञा’अर्धवार्षिक पूर्णाङ्क१२४,२०७९माघ-२०८०असार प्रकाशित भयो ।
कुलपति राई अमेरिकामा सम्मानित
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई मैत्रीपूर्ण सांस्कृतिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको थियोे । यसै क्रममा कुलपति राईलाई किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा भव्य रूपमा स्वागत तथा सम्मानको आयोजना गरेको थियोे । यस कार्यक्रमलाई संवोधन गर्दै पहिलोपटक अमेरिका न्युयोर्क पुगेका कुलपति राईले जहाँ भएपनि नेपाली जातिले पहिचानयुक्त संस्कृतिलाई जोगाउँदै आफ्नो अस्तित्वलाई स्थापित गर्न सक्नुपर्छ…
‘थाय्भु’ २०८०(असार-असोज ) प्रकाशित
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित नेपालभाषाया साहित्यिक खोलापौ ‘थाय्भु’ २०८०(असार-असोज ) प्रकाशित भयो ।
‘प्रथम राना थारू मातृभाषा-साहित्य सम्मेलन’को आयोजना हुँदै
नेपाल प्रज्ञा-प्रतिष्ठान र रानाथारू कला-संस्कृति संरक्षण तथा विकास मञ्च धनगढी ,कैलालीको सहकार्यमा ‘प्रथम राना थारू मातृभाषा-साहित्य सम्मेलन’को आयोजना हुँदैछ। यस प्रथम ऐतिहासिक सम्मेलनमा सहभागी भई भाग लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
नेपाली बालसाहित्यको अध्ययन परम्परा’ विषयक विचार गोष्ठी सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा नेपाली बालसाहित्यको अध्ययन परम्परा’ विषयक विचार गोष्ठी भएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले सो कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । यस अवसरमा उपकुलपति श्रेष्ठले ‘बालसाहित्य’ साहित्यको आधारस्तम्भ भएकाले सुव्यवस्थित ढङ्गले लेखन र पठनपाठन हुनुपर्नेमा जोड दिनुभएको थियोे ।…