नेपाल प्रज्ञा–प्रतिष्ठानको सङ्क्षिप्त परिचय

नेपाल प्रज्ञा–प्रतिष्ठानको सङ्क्षिप्त परिचय नेपाल प्रज्ञा–प्रतिष्ठानको सङ्क्षिप्त परिचय

परिचय

 नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन र अन्वेषण गर्न, मौलिक सृजनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान् एवम् प्रतिभाहरूको सम्मान गर्न, सृजनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधि सञ्चालन गर्न राष्ट्रिय रूपमा स्थापित एक प्रतिष्ठित संस्था हो । यस प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट वि.सं. २०१४ आषाढ ९ गते तदनुसार सन् १९५७ जुन २२ तारिखका दिन नेपाली साहित्य कला एकेडेमीको नाममा भएको थियो । वि.सं.२०१४ फाल्गुन २ गते जारी ऐनअनुसार यसको नाम नेपाली साहित्य कला एकेडेमीबाट परिवर्तन भएर नेपाल एकेडेमी भयो । कुलपतिस्तरीय निर्णयानुसार यसको नामलाई वि.सं. २०१९ मा अङ्ग्रेजीमा ‘रोयल नेपाल एकेडेमी’ र नेपालीमा ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’मा परिणत गरियो ः। यसलाई वि.सं. २०२६ मा भएको ऐन संशोधनले कानुनतः अनुमोदन ग¥यो । नेपालमा गणतन्त्रको स्थापनासँगै साबिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत–नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भएपछि ‘नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन २०६४’ द्वारा सङ्गठित नेपाल प्रज्ञा–प्रतिष्ठान हाल क्रियाशील रहेको छ ।        व 
 नयाँ प्रावधानअनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानमा निम्नलिखित प्रमुख पाँच विषय क्षेत्र रहेका छन्ः 
१.  भाषा
२.  साहित्य
३.  संस्कृति
४.  सामाजिक शास्त्र
५.  दर्शनशास्त्र

उद्देश्य 
नेपाल प्रज्ञा–प्रतिष्ठानका मूल उद्देश्यहरू यस प्रकार छन्–
—    नेपाली भाषा लगायत नेपालका अन्य भाषाहरू, तिनमा लेखिएका साहित्य, संस्कृति, सामाजिक शास्त्र एवम् दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयको अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने, गराउने । 
—    मौलिक सिर्जनाका माध्यमद्वारा ती विषयमा उपयोगी कृतिहरू तयार गर्ने, गराउने ।
—    यस क्षेत्रका विद्वान् एवम् प्रतिभाहरूको समुचित कदर एवम् सम्मान गर्ने ।    
—    उपर्युक्त विषयमा अन्य राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्ध विस्तार गर्ने ।    
—    अन्तर्राष्ट्रिय स्तरमा सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता र अभिरुचि बढाई बौद्धिक तथा सांस्कृतिक क्षेत्रको सर्वाङ्गीण विकास गर्ने ।  

योजना र कार्यक्रम
माथिका उद्देश्यहरू पूरा गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रमुख रूपमा निम्नबमोजिमका कार्यक्रमहरू सञ्चालन गर्ने छ–
—    नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिहरूको सिर्जना गर्ने, गराउने ।
—    नेपाली र नेपालका अन्य भाषाहरूमा विदेशी भाषाका उच्चस्तरीय कृतिहरूको अनुवाद गर्ने, गराउने तथा नेपाली र नेपालका अन्य भाषाहरूका उच्चस्तरीय कृतिहरूको विदेशी भाषाहरूमा तथा नेपालकै विभिन्न भाषामा अन्तरभाषिक अनुवाद गर्ने, गराउने ।
—    भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका विभिन्न विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रवचन, गोष्ठी, विचार–विमर्श, सम्मेलन, प्रदर्शनी आदि गर्ने, गराउने ।
—    प्रज्ञा–प्रतिष्ठान र सम्बद्ध अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग सम्बन्ध राख्ने र तिनसँग मिली सांस्कृतिक एवम् प्राज्ञिक गतिविधि आदानप्रदान गर्ने । 
—    भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका विभिन्न विषयमा उल्लेखनीय योगदान दिने स्वदेशी तथा विदेशी विद्वान्, साहित्यकार एवम् कलाकारहरूको कदर तथा सम्मान गर्ने । 
—    सम्बद्ध विषयका विद्वान्, साहित्यकार र विशेषज्ञहरूको प्रतिभा विकसित हुने वातावरणको सिर्जना गर्ने ।
—    विशिष्ट विद्वान् तथा साधकहरूलाई मानार्थ तथा आजीवन सदस्यता प्रदान गर्ने ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको सङ्गठन देहायबमोजिम छ–
—  प्राज्ञसभा
—  प्राज्ञपरिषद्
—  सेवा आयोग

प्राज्ञसभा
प्राज्ञसभा प्रज्ञा–प्रतिष्ठानको सर्वोच्च निकाय हो । यसको मुख्य कार्य प्राज्ञ–परिषद्लाई मार्गदर्शन गर्नु, निर्देशन दिनु, वार्षिक नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्नु, विद्वद्वृत्ति, सम्मान, प्रज्ञा मानार्थ–सदस्यता तथा आजीवन–सदस्यता प्रदान गर्नु, उपयुक्त व्यक्ति वा संस्थालाई कदर, सम्मान वा पुरस्कारको व्यवस्था गर्नु तथा आवश्यक नियम बनाउनु हो । 
प्राज्ञसभाको गठन देहायबमोजिम हुन्छ–
(क)    कुलपति                                                                                                       अध्यक्ष
(ख)    उपकुलपति                                                                                                  उपाध्यक्ष
(ग)    सचिव, संस्कृति मन्त्रालय                                                                                  पदेन सदस्य 
(घ)    कुलपति, उपकुलपति र सदस्य सचिव सहित नेपाली तथा नेपालका अन्य राष्ट्रभाषाहरू  तथा तिनको साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट प्रधानमन्त्रीद्वारा मनोनीत पैंँतिस जना    सदस्य
(ङ)    प्रज्ञा–प्रतिष्ठानका सचिव                                                                                     सदस्य सचिव
        प्रधानमन्त्री प्रज्ञा–प्रतिष्ठानको प्रमुख संरक्षक र संस्कृति मन्त्री संरक्षक हुनुहुन्छ । 

प्राज्ञ परिषद्
प्राज्ञ परिषद् प्रज्ञा–प्रतिष्ठानको कार्यकारी निकाय हो । यसले प्राज्ञसभाका निर्णयहरू कार्यान्वित गर्ने, सभाद्वारा दिइएका निर्देशनहरू पालन गर्ने, गराउने तथा प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेटको सञ्चालन गर्ने कार्य गर्दछ ।
प्राज्ञ परिषद्को गठन सभाका सदस्यहरूमध्येबाट देहायबमोजिम हुन्छ ः
(क)    कुलपति                                                                                         अध्यक्ष
(ख)    उपकुलपति                                                                                      उपाध्यक्ष
(ग)    प्रधानमन्त्रीबाट मनोनीत बढीमा विभिन्न विधा र क्षेत्रका आठ जना विज्ञहरू    सदस्य
(घ)    सचिव                                                                                             सदस्य सचिव
प्राज्ञ परिषद्का पदाधिकारी लगायत प्राज्ञ–सभाको गठन संस्कृति मन्त्रीको अध्यक्षतामा प्रधानमन्त्रीद्वारा गठित अन्य दुई विज्ञहरू रहेको समितिको सिफारिसमा प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्रीबाट हुन्छ । 

सेवा आयोग
प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरूको स्थायी नियुक्ति र बढुवाको सिफारिस गर्न निम्नबमोजिमको सेवा आयोग रहन्छ ।
सेवा आयोगको गठन
(क)     लोकसेवा आयोगले तोकेका एक जना सदस्य    अध्यक्ष
(ख)     प्राज्ञसभाले तोकेको सभाका एक जना सदस्य    सदस्य
(ग)     प्रज्ञा–प्रतिष्ठानका सचिव                                सदस्य सचिव

वार्षिक गतिविधि    
सामान्यतया प्रज्ञा–प्रतिष्ठानले आफ्ना वार्षिक कार्यक्रममा निम्नलिखित कुराहरू समावेश गर्ने गर्छ ।
कविता महोत्सवः आषाढ ९ गते प्रज्ञा–प्रतिष्ठानको जन्मदिनका उपलक्ष्यमा कविता महोत्सव गरिन्छ । उक्त अवसरमा देशभरिका इच्छुक कविहरूका बिचमा कविता प्रतियोगिता गराई पदक तथा पुरस्कार प्रदान गरिन्छ ।

भानु जयन्तीः आषाढ २९ गते आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइन्छ । त्यस्तै अरू प्रमुख प्रतिभाहरूका जन्म दिनमा जन्मजयन्ती कार्यक्रम आयोजना गरिन्छ ।

प्रवचन, गोष्ठी आदिः स्वदेशी तथा विदेशी विद्वान् एवम् विदुषीहरूको सहभागितामा प्रवचन, गोष्ठी, सम्मेलन तथा अन्य प्राज्ञिक कार्यक्रमको आयोजना गर्ने, गराउने गरिन्छ ।    

विद्वद्वृत्तिः प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रमा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी विभिन्न विद्वान्लाई विद्वद्वृत्ति दिन सक्ने व्यवस्था छ । यसरी विद्वद्वृत्ति दिँदा सञ्चार माध्यमबाट प्रस्तावको आह्वान गरिन्छ र आएका प्रस्तावहरूमध्येबाट प्राज्ञ परिषद्ले छनोट गरी विद्वद्वृत्ति प्रदान गरिन्छ ।

राष्ट्रिय प्रतिभा उपचार कोषः नेपाली एवम् अन्य राष्ट्र भाषाहरू तथा तिनका साहित्य, सङ्गीत, नाट्य, रङ्गमञ्च, नृत्य, चलचित्र, संस्कृति, सामाजिक शास्त्र आदि प्रज्ञाक्षेत्रका राष्ट्रिय ख्यातिप्राप्त तथा उल्लेखनीय योगदान गर्ने स्रष्टा, साधक, विद्वान् आदि बिरामी पर्दा यथोचित सेवा–सुविधा पु¥याई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय प्रतिभा उपचार कोषको स्थापना गरिएको छ । यस्तो कोषबाट बिरामी प्रतिभालाई निश्चित प्रक्रिया पु¥याई उपचारका लागि सहयोग उपलब्ध गराइन्छ ।            प

साहित्यिक पत्रिका सहयोग कोषः व्यक्तिगत वा सामूहिक प्रयासमा साहित्यिक सेवाभावबाट प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकाहरूको प्रकाशन–इतिहास, नियमितता, स्वरूप, पृष्ठसङ्ख्या, भौगोलिक र विषयगत व्याप्ति, पाठकसङ्ख्या, लोकप्रियता, स्तरीयता र साहित्यिक योगदान आदिका आधारमा सहयोग पु¥याउने उद्देश्यले साहित्यिक पत्रिका सहयोग कोषको स्थापना गरिएको छ ।

प्रज्ञा पुरस्कारहरू
प्रज्ञा–प्रतिष्ठानअन्तर्गत निम्नबमोजिम पुरस्कारहरू स्थापना गरिएका छन् । तिनको वितरण निश्चित प्रक्रिया पु¥याई प्राज्ञ परिषद्को सिफारिस र प्राज्ञसभाको अनुमोदनबाट गरिन्छ । 

पृथ्वी प्रज्ञा पुरस्कार
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका नाममा स्थापित यो पुरस्कार हरेक चार वर्षमा एक जना सिर्जनशील प्रतिभा तथा विद्वान्लाई प्रदान गरिन्छ ।

नेपाल प्रज्ञा भाषा पुरस्कार
नेपालका भाषासम्बन्धी योगदान पु¥याउने भाषाविद्लाई प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ । 

नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति र दर्शन पुरस्कार
यो पुरस्कार हरेक दुई वर्षमा सामाजिक शास्त्र, संस्कृति र दर्शनमा योगदान पु¥याउने विद्वान्लाई प्रदान गरिन्छ । 

नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार
हरेक वर्ष कुनै सिर्जनशील नेपाली साहित्यकारलाई दिइन्छ । 

नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार
प्रत्येक वर्ष पहाडमा बोलिने मातृभाषाका साहित्यमा योगदान गर्ने विद्वान्लाई प्रदान गरिन्छ ।

नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार
प्रत्येक वर्ष तराईमा बोलिने मातृभाषाको साहित्यमा योगदान गर्ने विद्वान्लाई प्रदान गरिन्छ ।