हार्दिक निमन्त्रणा
दुई भाषाको साहित्य विमर्श, तीन भाषाका कविता ।
दुई भाषाको साहित्य विमर्श, तीन भाषाका कविता ।
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागबाट पहिलोपटक किरात राई समुदायका भाषाहरूकाे साझा पत्रिका ‘खुवालुङ’ प्रकाशित भएको छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठान,साहित्य मातृभाषा विभागले प्रत्येक महिनाको अन्तिम शुक्रवार मातृभाषा साहित्य शृङ्खला सञ्चालन गर्दै आएको छ । यसपटक मातृभाषा साहित्यको ३०ओैँ शृङ्खला २०८२ साल चैत २७ गते शुक्रवार १२.३० बाट सुरु हुने भएकाले निर्धारित समयमा नै उपस्थित भइदिनु हुन अनुरोध गर्दछौँ ।
सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी –२०८२ Annual conference on Social Science-2026 शोधमूलक लेख/रचना आह्वान ! स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँ । मिति : २०८३ जेठ १६ र १७ गते । ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा -प्रतिष्ठान’ भन्ने मूल सन्देशका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गर्दै आएको छ । नेपाली समाज बहुभाषिक–बहुसांस्कृतिक, भौगोलिक विविधता तथा बहुलतामा…
नेपाल प्रज्ञा-प्रतिष्ठान,साहित्य( गद्य ) विभागले `समकालीन साहित्य´ पत्रिका पूर्णाङ्क-१०६ प्रकाशित गरेको छ।पत्रिकाको प्रधान सम्पादकमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य अमर न्यौपाने ,सम्पादक मण्डलमा कान्जोक लामा,कुमारी लामा,केसरी अम्गाई,जनक रसिक,पुरुषोत्तम रिजाल,भूमीश्वर पौडेल तथा कार्यकारी सम्पादकमा डा. अशोक थापा रहनुभएको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठान,साहित्य (मातृभाषा) विभागले शेर्पा भाषामा प्रथमपटक शेर्पा भाषाको पत्रिका ‘ज्योमोलाङ्मा´प्रकाशित गरेको छ।पत्रिकाको प्रधान सम्पादकमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य राजन मुकारुङ ,सम्पादक मण्डलमा टुल्कु ङवाङ थरछिन शेर्पा,खेन्पो पासाङ टासी शेर्पा,दावा शेर्पा र डोल्मा शेर्पा तथा कार्यकारी सम्पादकमा दावा शेर्पा (डि.एन.) रहनुभएको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठान, मातृभाषा कोश तथा व्याकरण विभागले डोटेली भाषामा प्रथमपटक डोटेली भाषाको अर्धवार्षिक पत्रिका ‘जिउँती’ प्रकाशित गरेको छ।पत्रिकाको प्रधान सम्पादकमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिब),सम्पादक मण्डलमा तीर्थराज भट्ट र डा. तुलसी शर्मा तथा कार्यकारी सम्पादकमा जनक रसिक रहनुभएको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यको दोहोरो भत्ता खारेजी बारेका केही समाचार शीर्षकमा ‘दोहोरो’ शब्द छुटेकाले अन्योल परेको देखियो ।साथै,निम्न बुँदा पढेर प्रष्ट हौँ :- १. नेपाल प्रज्ञा-प्रतिष्ठानका सबै आजीवन सदस्यहरूको सुविधा भत्ता रोकेको हैन । दोहोरो सुविधा लिइरहेका ११ जना आजीवन सदस्यको भत्ता मात्र रोकेको हो । २. यस सम्बन्धमा नेपाल प्रज्ञा-प्रतिष्ठानका विरुद्धमा परेका रिटहरूलाई खारेज…