समाज अन्वेषणको पाँचौ अङ्क नेप्जोलमा प्रकाशित
https://www.nepjol.info/index.php/anweshan/index
प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा “हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा” विषयक विचारगोष्ठी आयोजना
काठमाडौँ । २०८२ साउन ६ गते मङ्गलवार । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा “हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा” विषयक विचारगोष्ठीको आयोजना भएको थियोे। प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य भनेको मानव विकास सूचाङ्कको महत्त्वपूर्ण कुरा हो ।स्वास्थ्यलाई हेर्ने मानव दृष्टिकोण र मानिसको स्वास्थ्यमा खेलवाड धेरै भएको छ ।यसबारे नियमनकारी…
प्रज्ञा-प्रतिष्ठानका पदाधिकारी र युनान विश्वविद्यालयका प्राध्यापकसँग भेटघाट तथा अन्तरक्रिया
काठमाडौँ, नेपाल प्रज्ञा-प्रतिष्ठानका पदाधिकारी र युनान विश्वविद्यालय चीनका प्राध्यापकबिच भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियोे । प्रज्ञा-प्रतिष्ठानका तर्फबाट कुलपति भूपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदी ,प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी,डा.कृष्णराज अधिकारी ,बाबा बस्नेत,अमर न्यौपाने,त्रैलोक्यमान बनेपाली ‘अगिव’ ,हंसावती कुर्मी र प्राज्ञसभा सदस्य चेतनाथ धमला र प्रतिष्ठानका कर्मचारी लगायतको सहभागिता रहेको थियोे । यस…
कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो।उहाँले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल…
एआइको प्रयोगले अनुवादको परिदृश्य नै बदलिएको खुलासा
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा आयोजित ‘कृत्रिम बौद्धिकता (ए.आइ ) र अनुवाद अवसर र चुनौती’ विषयक विचारगोष्ठीको आयोजना देवकोटा सभाकक्षमा गरिएको थियोे । प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे।उहाँले एआइको प्रयोग र सूचनाको तथ्य डाटा इन्ट्रीमा निर्भर हुने बताउनुभएको थियोे। भरपर्दो डाटा…









