पठन संस्कृतिको विकासका लागि प्रज्ञा-प्रतिष्ठानमा नियमित पुस्तक प्रदर्शनी सुरु
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियोे। उक्त पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीको लागि राखिएको छ। प्रदर्शनीको मुख्य उद्देश्य प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ ।…