प्रज्ञा-प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान बारे चर्चा गर्दै विशेष कविगोष्ठी आयोजना
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ओैँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय,मैतीदेवीमा ‘महाकवि देवकोटाको योगदानको परिचर्चा तथा विशेष कविगोष्ठी’को आयोजना गरेको थियोे। प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले महाकवि देवकोटाको प्रतिमा र तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । उहाँले महाकवि देवकोटालाई स्मरण गर्नु भनेको एउटा युगलाई सम्झिनु हो ,युगकै…



