नेपाल प्रज्ञा-प्रतिष्ठानमा ‘नेपालभाषाका प्रगतिवादी कविता’को चर्चा
काठमाडौँ । २०८१ भदौ २६ गते बुधवार।नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा, कोश र व्याकरण विभागको आयोजनामा ‘नेपालभाषाका प्रगतिवादी कविता’बारे समालोचक पूर्ण ताम्राकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा वि.सं. २०२२ सालको समाचार काण्डले नेवारहरूमा व्यापक असन्तुष्टि बढेर टोलटोलमा युवाहरूले साहित्यिक कार्यक्रम गरेर विरोधको स्वर घन्काएको ऐतिहासिक सन्दर्भका बारेमा चर्चा गरिएको थियोे । नेपालभाषामा प्रगतिवादी स्वर उराल्नेहरूमा जनकवि…