प्रज्ञा-प्रतिष्ठानमा ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता बारे बहस
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियोे। कार्यक्रमको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभएको थियोे । उहाँले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर सात/आठ हजार वर्षदेखि तिज मनाउँदै आएका छन्। पितृसत्ताविरुद्ध महिलाहरू तिज पर्वमा गीतसङ्गीतको माध्यमबाट प्रस्तुत भएर…