मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार !
काठमाडौँ।२०८१ साउन ४गते शुक्रवार । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल भाषा मिसा खल:को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियोे। नेपालभाषा-साहित्यका अध्येता प्रा.प्रेमशान्ति तुलाधरले ‘नेपालभाषा साहित्यका एक सशक्त नारी हस्ताक्षर मोतीलक्ष्मी उपासिका’विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रमका प्रमुख अतिथि तथा भाषा आयोगका सदस्य सुरेश किरणले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन…