प्रज्ञा-प्रतिष्ठानको ४१ओैँ प्रज्ञासभाबाट २०८१/०८२को बजेट ,नीति तथा कार्यक्रम पारित
काठमाडौँ ।२०८१ असार २३गते आइतवार। नेपाल प्रज्ञा–प्रतिष्ठानको ४१ औँ प्राज्ञसभाको समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियो । उहाँले प्राज्ञिक सत्ताले राजनीतिलाई समेत निर्देशित गर्छ ।प्राज्ञिक क्षेत्रले सम्पूर्ण संस्कृति निर्माण गर्ने सामर्थ्य राख्छ । प्रज्ञा-प्रतिष्ठानले सामान्यभन्दा खोजअनुसन्धानमूलक अब्बल कृतिहरू मात्रै प्रकाशन गर्ने हो ।कुनै पनि चाकडीबाज लेखकले सत्ताको स्तुति गर्छ । खास…