प्रधानमन्त्रीद्वारा प्राज्ञसभाको ३७औं बैठक उद्घाटन
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले विविध जातजातिका कला–संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताएका छन्। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७औं बैठक उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कला–संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए। प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले कुनै…