ललितपुर । नेपाल प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४ औँ विश्व पर्यटन दिवस मनाइएको छ । आज बिहान पाटनढोकादेखि पाटनदरबार क्षेत्रसम्म पुगेको प्रभातफेरीमा ‘पर्यटन र हरित लगानी’ भन्ने नारासहितका ब्यानरहरू प्रस्तुत गरिएका छन् । यसैक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको नेतृत्वमा ब्यानरसहित यस प्रतिष्ठानका प्राज्ञ परिषद्का पदाधिकारी , कलाकार तथा कर्मचारीहरूको उपस्थिति रह्यो ।