काठमाडौँ । नेपालको बालसाहित्यलाई अन्तर्राष्ट्रियकरण गर्दै बालसाहित्यकारहरूबिच सिर्जनात्मक र पारस्परिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडकाे सहकार्यमा २०८१ असोज ४ देखि ५ गतेसम्म दुईदिवसीय ‘अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन’ पहिलोपटक काठमाडौँस्थित प्रज्ञा-प्रतिष्ठानमा आयोजना गरिएको थियो।सम्मेलनमा काठमाडाैँ महानगरपालिका,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पहिलाे पाइला, SVA, द एसिया फाउन्डेसन, कथालय र thang को सहआयोजकका रूपमा संलग्नता रहेको थियोे।
यसैगरी रुम टु रिड नेपाल, नेसनल ट्रस्ट फर नेचर, परिचय प्रकाशन, भुँडीपुराण प्रकाशन, BSP, काेपिला किताव र बुक आर्ट नेपालको सहयोगी भूमिका रहेको थियोे।
अन्तर्राष्ट्रिय नेपाली बालसाहित्य सम्मेलनको समुद्घाटन पहिलोसत्रमा र कार्यपत्रलाई दोस्रोसत्रमा प्रस्तुत गरिएको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर उक्त सम्मेलनको समुद्घाटन गर्नुभएको थियोे । प्रमुख आतिथि राईले आफूले प्रज्ञा-प्रतिष्ठानको नेतृत्व सम्हालेदेखि नै भाषा ,साहित्य , संस्कृति,दर्शनशास्त्र र सामाजिकशास्त्रको क्षेत्रलाई सबैको साझा बनाउन वातावरण निर्माण गरेको बताउँदै बालसाहित्यको विकासमा प्रज्ञा-प्रतिष्ठान सधैँ अभिभावको भूमिकामा रहिरहने बताउनुभएको थियोे।उहाँले बालसाहित्यका सर्जकले बालबालिकालाई यस क्षेत्रमा उत्प्रेरित गर्ने गरी संस्थागत र सिर्जनात्मक भूमिकामा अग्रसर हुन र बालबालिकाको मनोविज्ञानमा आधारित बालसाहित्य सिर्जना गर्न समेत जोड दिनु भएको थियो।कुलपति राईले बालसाहित्यको विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सिर्जनात्मक र संस्थागत सहकार्य गर्न सदैव तयार रहेको बताउनु भएको थियोे।

सम्मेलनका सभाध्यक्ष ,प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयाेजक समितिका संयाेजक विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले य
ो सम्मेलन बालसाहित्यको क्षेत्रमा ऐतिहासिक र सार्थक रहने दृढता प्रकट गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन एक कोशेढुङ्गा साबित हुने बताउनु भएको थियोे । सम्मेलनका अतिथि प्रा.रामकुमार पाँडे, रूम टु रिडका कन्ट्री डाइरेक्टर पुष्करलाल श्रेेष्ठ, काठमाडौँ महानगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रदीप परियार, जापानका सर्जक हारुहितो नोजुलगायत डेनमार्क, भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, नेदरल्यान्ड, दक्षिण काेरिया र भुटानका प्रतिनिधिले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमाेद प्रधानले स्वागत मनतव्यका साथै कार्यक्रमकाे औचित्यमाथि प्रकाश पार्नुभएकाे थियाे।उहाँले नेपाल प्रज्ञा-प्रतिष्ठानको साथ सहयोगले मात्रै नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन गर्न सम्भव हो।अब नेपाली बालसाहित्यले विश्व बजारमा समेत प्रभाव पार्ने आँकलन गर्नु भएको थियोे।अध्यक्ष प्रधानले बालसाहित्यका पाठकको मर्मअनुसार स्तरीय सिर्जनामा ध्यान दिनुपर्ने बताउनु भएको थियोे ।

उद्घाटन सत्रको उद्घोषण नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले गर्नुभएको थियोे।सम्मेलनको पहिलो दिनको दोस्रो सत्रमा ८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियोे ।जसमा नेपाल प्रज्ञा -प्रतिष्ठानको लेखनाथ तथा देवकोटा कक्षमा एकसाथ दुई ठाउँमा कार्यपत्र प्रस्तुत गर्ने प्रबन्ध मिलाइएको थियो । देवकोटा कक्षमा दीपा अग्रवालको अध्यक्षतामा कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा बङ्गलादेशका प्राध्यापक हसन्नुजामन, जापानका हारुहितो नोजु, भारतका दैवकी तिम्सिना, चीनका लिओ छियाओकिनले आफ्ना -आफ्ना देशको बालसाहित्य बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।यसैगरी नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति केके कर्माचार्यको अध्यक्षतामा लेखनाथ कक्षमा बङ्गलादेशका हुमयुन कबीर ढाली, नेपालका प्रमोद प्रधान, दक्षिण कोरियाका मून छाङ्गिल र चीनका ली मेङ्वीले कार्यपत्र प्रस्तुत गर्नुभएक
ो थियोे।
यसैगरी दोस्रो सेसनमा देवकोटा कक्षमा Children’s Literature in Indigenous Languages विषयक कार्यपत्र डा. कविता लामाको अध्यक्षतामा प्रस्तुत गरिएको थियो । नेपालबाट प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली ‘अगिव’ र गणेश राई, भारतबाट अतानुकुमार बासु तथा बङ्गलादेशबाट रतनचन्द्र पलले आआफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे। लेखनाथ कक्षमा ग्रन्थपाल भोला श्रेष्ठको अध्यक्षतामा Grooming Young and Critical Readers विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियोे । नेपालबाट इन्दिरा दली, नेत्र दाहाल ,चूडामणि बन्धु तथा चीनबाट Wu Yiwei ले आआफ्ना कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे।

सम्मेलनकाे दाेस्राे दिनकाे पहिलाे भाग अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रय बालसाहित्यका विविध पक्षहरू, संस्कृति, पर्यावरण, ऐतिहासिक तथा राजनैतिक परिवेश, वंशानुगत आदि विषयहरू, बालसाहित्यसँग सम्बन्धित अन्य निकायहरूकाे भूमिका, महत्त्व, ऐक्यबद्धता आदि विषयमा श्रीलङ्का, भारत, नेपाल, चीन, डेनमार्क, मलेसियाका गरी १४ जनाले सक्रिय सहभागिता जनाई आ-आफ्नाे प्रस्तुति राख्नुभएक
ो थियोे। कार्यक्रमकाे दाेस्राे भागमा बालसाहित्य र डिजिटल प्रविधि, बालसाहित्य र अनुवाद जस्ता विषयमा २वटा छुट्टाछुट्टै समूहमा नेपाल, बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का र नेदरल्यान्डका गरी ८ जना सहभागी प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाई समूहगत छलफल गर्नु भएको थियोे । जसकाे माेडरेटरमा प्रतिभा पाण्डे र माेनिका लाेहनी रहनुभएकाे थियाे । यी सबै प्रस्तुति र छलफलमा अन्य सहभागीहरूले पनि जिज्ञासा राख्नुभएको थियोे ।

अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनले बालसाहित्य सम्बन्धित १२ बुँदे घोषणापत्र जारी गरेको थियोे।जसमा बालहित, बालसिर्जना र बालबालिकाकाे शैक्षिक, साहित्यिक र सिर्जनात्मक विकासकाे पक्षमा उभिने, बालसाहित्यकाे विकासकाे लागि स्थानीय, क्षेत्रीय तथा वैश्विकस्तरमा व्यक्तिगत वा संस्थागत समन्वय गरी सहकार्य गर्ने कार्यलाई निरन्तरता दिने, एक-अर्काका देशमा वा विश्वमा कतै पनि प्रकाशित आफ्ना तथा अन्य सर्जकका अब्बल सिर्जनालाई एक-अर्कामा पुर्याउने कार्यमा अग्रसर रहने, एक-अर्काका देशमा रहेका शैक्षिक प्रतिष्ठानका पाठ्यक्रम तथा शाेधकार्यमा एक-अर्काकाे बालसाहित्य पनि समाविष्ट हाेस् भन्ने हेतुले विशेष पहल गर्ने, बालसाहित्यका सर्जकहरूकाे जायज र कानुनसम्मत हकहित र अधिकारकाे हननका कुनै पनि घटना घट्न आएमा सर्जकसँग एकबद्ध भई उभिने र त्यस्ता निन्दनीय घटनाकाे अन्तर्राष्ट्रिय स्तरमै विराेध गर्ने, आ -आफ्ना देशका बालबालिकाका हकहित र अधिकार हनन हुन पुगेकाे थाहा हुन आएमा एकबद्ध भै त्यस्ता घटनाकाे विरूद्धमा उभिने’लगायतका १२ बुँदे घाेषणापत्र जारी गरिएको थियोे ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव तथा सम्मेलन आयोजक समितिका सदस्य डा. धनप्रसाद सुवेदीले सम्मेलनमा उपस्थित प्रमुख अतिथि, अतिथिहरू र विदेशका सहभागी प्रतिनिधिहरूलाई मायाकाे चिनाे र प्रशंसापत्र प्रदान गर्नुभएको थियोे।उहाँले अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनले ठुलो ऊर्जा थपेको र यस प्रकारका महत्त्वपूर्ण कार्यमा प्रज्ञा-प्रतिष्ठानले सदैव सहकार्य गर्ने बताउँदै सबै जनामा कृतज्ञता प्रकट गर्नुभएको थियोे ।

सम्मेलनमा११ देशका बालसाहित्यकारको सहभागिता रहेको थियोे। जसमा नेपाल बालसाहित्य समाजका १३०जना आजीवन सदस्य,आयाेजक ,सहआयाेजक र सहयाेगी संस्थाका तर्फबाट उल्लेखनीय सहभागिता रहेकाे थियाे ।यसैगरी भारतबाट ८ जना, बङ्गलादेशबाट ५ जना, श्रीलङ्काबाट ५ जना, चीनबाट ७ जना, दक्षिण काेरियाबाट १ जना, जापान, डेनमार्क, नेदरल्यान्ड र मलेसिया गरी कूल३१ जना विदेशी बालसाहित्यकारहरूकाे सहभागिता रहेकाे थियाे ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’को संयोजकत्वमा १३ सदस्यीय अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समिति गठन गरिएको थियोे।यस समितिको सदस्यमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति केके कर्माचार्य ,प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, त्रिवि उपप्रध्यापक तथा अनुवादक महेश पौड्याल, पुस्तकालयविद् भोला श्रेष्ठ, अनुवादक अनुराधा, रुम टु रिडका सम्पादक अनन्त वाग्ले, रुम टु रिडका सदस्य सञ्जु बज्राचार्य,बालसर्जक शान्ता दाहाल,प्रज्ञा-प्रतिष्ठानका कर्मचारी प्रतिनिधि राजकुमार श्रेष्ठ र सदस्य सचिवमा नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्य रहनु भएको थियोे ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक महेश पौड्यालको संयोजकत्वमा कार्यक्रम उपसमिति, भोला श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति, अनन्त वाग्लेको संयोजकत्वमा प्रचार तथा प्रकाशन उपसमिति र अनुराधाको संयोजकत्वमा अतिथि स्वागत तथा व्यवस्थापन उपसमिति गठन गरिएको थियोे।