नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (अनुवाद) विभागकाे परियाेजना अन्तर्गत साहित्यकार विनयकुमार शर्मा नेपालद्वारा रचित ‘खाेल’ निबन्ध सङ्ग्रहलाई वेचन उराँवले उराँवभाषामा र नरायाण वाग्लेद्वारा रचित ‘पल्पसा क्याफे’ उपन्यासलाई वेदना उपाध्यायले हिन्दी भाषामा अनुवाद गरेका दुई पुस्तक प्रकाशित भएका छन् ।यी दुवै कृति पठनीय रूपमा चर्चित रहेका छन् ।


