खोटाङ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य तथा नेपाल खेलकुद प्रतिष्ठानद्वारा आयोजित ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव -२०८१’ आयोजना गरिएको थियोे ।यसै महोत्सवमा प्रज्ञा-प्रतिष्ठान दर्शनशास्त्र विभागद्वारा अनुसन्धाता डीआर पोख्रेलद्वारा लिखित ‘नेपालमा सन्तदर्शन र त्यसको प्रभाव ‘ र अर्का अनुसन्धाता भोगीराज चाम्लिङद्वारा लिखित ‘किरात दर्शन” विषयक दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो।नेपालमा सन्तदर्शन र त्यसको प्रभावबारे कवि केशव सिलवाल र किरात दर्शनमाथि मकरचन्द्र राईले टिप्पणी गर्नुभएको थियोे ।
उक्त महोत्सवमा कुलपति राईले त्रिधार्मिक सांस्कृतिक केन्द्रको रूपमा स्थापित हलेसीमा दार्शनिक ,साहित्यिक , साङ्गीतिक र खेलकुद कार्यक्रमको आयोजना हुनुले यसको महत्त्वलाई थप प्रष्ट पारेको बताउनु भएको थियोे। उहाँले हलेसीमा किरात र सन्तदर्शनका बारेमा प्रज्ञा-प्रतिष्ठानका तर्फबाट बहस थालिएको छ। यसले पर्यटन प्रवर्द्धनका लागि नयाँ उचाइ दिनेमा आफू विश्वत रहेको उल्लेख गर्नुभएको थियो ।
उक्त महोत्सवमा विशेष अतिथि प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्थानीय निकायले पहल नलिने हाे भने खाेटाङबाट धेरै भाषा लाेप हुने अवस्था रहेकाे बताउनु भएको थियोे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारी विशेष अतिथि रहनुभएको थियोे । आयाेजक संस्थाका अध्यक्ष सञ्जय राई, दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राई, पत्रकार कृष्ण आचार्यलगायतले मन्तव्य राख्नुभएको थियोे । टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भाेगेन एक्लेकाे अध्यक्षता र कवि सीता थुलुङकाे सञ्चालन रहेको उक्त कार्यक्रममा बम बानियाँले स्वागत मन्तव्य राख्नु भएको थियो।
उक्त महोत्सवमा खोटाङका प्रसिद्ध कवि जसराज किराती रू ११ हजार एकसय ११ रूपैयाँ नगदसहित ताम्रपत्रद्वारा सम्मानित हुनुभएको थियोे । उक्त खुला राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका कवि किरण सिवाको ‘बिर्खे दमाईंको आवाज’ कविता प्रथम भई रू ४० हजार नगद र प्रमाणपत्र , भोजपुरका कवि सङ्ग्राम किरातीको ‘बाध्यता कि रहर’ कविता दोस्रो भई२५ हजार नगद र प्रमाणपत्र, उदयपुरका कवि जीवन चाम्लिङ राईको ‘भरिया दाइ’ कविता तेस्रो भई रू १७ हजार नगद र प्रमाणपत्र ,सिन्धुलीका कवि बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’
चौथो भई ११ हजार नगद र प्रमाणपत्र, भोजपुरकी शकिला राईको कविता ‘म यात्री मनको’ को पाँचौँ भई ७ हजार नगद र प्रमाणपत्र हासिल गर्नुभएको थियोे ।पुरस्कृत प्रतिभालाई कुलपति राईले नगदसहित प्रमाणपत्र प्रदान गर्नु भएको थियोे ।
उक्त कविता प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा कवि रामविक्रम थापा र सदस्यमा खाेटाङका कवि वेदीकुमार राई र भाेजपुरकी कवि कविता राई रहनु भएको थियोे। उक्त महोत्सवमा खेलकुद र साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको थियोे भने साहित्यिक महाेत्सवकाे सहआयाेजक टेम्के तुवाचुङ प्रतिष्ठान रहेको थियोे ।