‘नेपालमा सन्त दर्शन र त्यसको प्रभाव’ र ‘किरात दर्शन’ , साहित्यिक र साङ्गीतिक महोत्सव सम्पन्न ।
खोटाङ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य तथा नेपाल खेलकुद प्रतिष्ठानद्वारा आयोजित ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव -२०८१’ आयोजना गरिएको थियोे ।यसै महोत्सवमा प्रज्ञा-प्रतिष्ठान दर्शनशास्त्र विभागद्वारा अनुसन्धाता डीआर पोख्रेलद्वारा लिखित ‘नेपालमा सन्तदर्शन र त्यसको प्रभाव ‘ र अर्का अनुसन्धाता भोगीराज चाम्लिङद्वारा लिखित ‘किरात दर्शन” विषयक दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो।नेपालमा सन्तदर्शन र त्यसको प्रभावबारे कवि केशव सिलवाल र किरात दर्शनमाथि मकरचन्द्र राईले टिप्पणी गर्नुभएको थियोे ।

उक्त महोत्सवमा विशेष अतिथि प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्थानीय निकायले पहल नलिने हाे भने खाेटाङबाट धेरै भाषा लाेप हुने अवस्था रहेकाे बताउनु भएको थियोे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारी विशेष अतिथि रहनुभएको थियोे । आयाेजक संस्थाका अध्यक्ष सञ्जय राई, दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राई, पत्रकार कृष्ण आचार्यलगायतले मन्तव्य राख्नुभएको थियोे । टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भाेगेन एक्लेकाे अध्यक्षता र कवि सीता थुलुङकाे सञ्चालन रहेको उक्त कार्यक्रममा बम बानियाँले स्वागत मन्तव्य राख्नु भएको थियो।

चौथो भई ११ हजार नगद र प्रमाणपत्र, भोजपुरकी शकिला राईको कविता ‘म यात्री मनको’ को पाँचौँ भई ७ हजार नगद र प्रमाणपत्र हासिल गर्नुभएको थियोे ।पुरस्कृत प्रतिभालाई कुलपति राईले नगदसहित प्रमाणपत्र प्रदान गर्नु भएको थियोे ।
उक्त कविता प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा कवि रामविक्रम थापा र सदस्यमा खाेटाङका कवि वेदीकुमार राई र भाेजपुरकी कवि कविता राई रहनु भएको थियोे। उक्त महोत्सवमा खेलकुद र साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको थियोे भने साहित्यिक महाेत्सवकाे सहआयाेजक टेम्के तुवाचुङ प्रतिष्ठान रहेको थियोे ।